वीरगञ्जबाट २३० किलो केराउ बरामद


वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं। २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो । बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तेस्रो मुलुकबाट ल्याएर सीमा क्षेत्रमा राखी गैरकानुनी तवरले केराउ नेपालबाट भारततर्फ ओसार पसार गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार