काठमाडौं, २३ कात्तिक । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरका कल्पना राईलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले भोजपुरका राईलाई पक्राउ गरेका हुन् ।भारतको सशस्त्र सीमा बल ९एसएसबी० को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरिएको थियो । उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । हाल उनीहरु रुपैडिया मै सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।