भोजपरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भिर घाइते


भोजपुर,२० कात्तिक ।
भोजपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीलाई गम्भिर घाइते बनाएका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घरायसी विवादमा झगडा हुँदा खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले बताए । दाहिने गालामा गहिरो चोट लागेर गम्भिर घाईते दर्जीको जिल्ला अस्पताल भोजपुरमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने दर्जीलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार