भोजपुरमा अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीद्धारा नष्ट


भोजपुर १७ कार्तिक ।
भोजपुरको हतुवागढी गाउँपालिका हसनपुरको मुस्ताङ टोल, थुमकी बेसी र एकुवा खोला आसपासको जंगल क्षत्रमा अवैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय घोरेटार, र प्रहरी चौकी हसनपुर बाट गएको संयुक्त टोलीले करीब ६५ रोपनी क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए । प्रहरीले सो क्षेत्रमा लगाएको करीब २७ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्ला प्रहरी प्रमुख नरबहादुर सलामी मगर, इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरिक्षक जस बहादुर लिम्बु, प्रहरी चौकी हसनपुरका प्रहरी सहायक निरिक्षक जय बहादुर तामाङ्गको कमाण्डमा खटेको प्रहरी टोलिले गाँजा नष्ट गरेको हो । प्रहरीले यस अघि हसनपुरकै कोलटार, मचुवाटार, हम्वुपा र भालुखोप त्यसै गरी पात्लेपानीको बारीगाउँको पाखा बारीमा अवैध रुपमा लगाएको करीब ४१ हजार ५ सय गाँजाको बोट नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार