काठमान्डौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।
स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
-
पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक
-
मुन्दुम पदमार्गको प्रबद्र्धन गर्न चखेवामा महोत्सव शुरु
-
निर्माण व्यवसायी श्रेष्ठ सम्मानित
-
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित