मोरङ । विराटनगर स्थित नोबेल अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु भएको छ । मोरङ विराटनगर महानगरपालिका(४ स्थितमा रहेको नोबेल अस्पतालको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको हो । हिजो शनिबार दिउँसो साढे ४ बजेको समयमा सोही अस्पतालमा काम गर्ने तारा प्रसाद न्यौपानेको १६।१७ महिनाको छोरा रिदम न्यौपाने लडेर घाईते भए पश्चात सोही अस्पतालमा उपचारको क्रममा उनको साझँ ५ बजेको समयमा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।