हृदयघातबाट जोगिए मदनकृष्ण श्रेष्ठ


काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । दुई दिन अस्पताल बसेका श्रेष्ठको एन्जियोप्लास्टी प्रविधिबाट बिहीबार सफल उपचार गरिएको हो । छातीको समस्या लिएर बिहिबार ग्राण्डी अस्पताल पुग्दा उनको मुटुको दुई भल्वमा ब्लकेज देखिएको थियो । अस्पताल पुग्न अलिकति ढिला गरेको भए हृदयघात भएर जटिलता उत्पन्न हुन सक्ने डाक्टरहरुले उनलाई बताएका थिए ।

श्रेष्ठले भने ‘हृदयघात भए पनि उपचार त हुन्थ्यो होला, तर मुटु कमजोर हुने थियो । अहिले उपचारपछि मुटु पहिलेभन्दा पनि बलियो भयो,’ । श्रेष्ठ अहिले परिवारसँग समय बिताइरहेका छन् । आफू सामान्य अवस्थामा फर्किसकेको उनले बताए । श्रेष्ठकी पत्नी यसोदाको क्यान्सरका कारण ०७४ सालमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार