चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनले ३ स्थानीय तहमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको छ ।
सो पार्टीले जिल्लाको भरतपुर महानगर–१६ र खैरहनी नगरपालिका ४ र ५ मा हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको हो । सो पार्टीले आज एक विज्ञप्ति जारी गरी भरतपुर– १६ मा भक्तराज हमाल, खैरहनी ४ र ५ मा क्रमशः वेदबहादुर अधिकारी र पुननारायण प्रधानलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो । पार्टीले आज एक विज्ञप्ति जारी गरी निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि जिल्ला पार्टी अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला परिचालन कमिटी समेत निर्माण गरिएको छ ।