सप्तरीमा सात फिट लामो अजिंगर फेला


सप्तरी । सप्तरीमा शनिबार लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिंगर फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा अजिंगर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीयले खाँडो खोलाको ढिलमा अजिंगर देखेपछि नजिकैको सशस्त्र प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार अजिंगर नियन्त्रणमा लिएका हुन्। उक्त अजिङर करिब सात फिट लामो र झण्डै १२ केजी तौलको रहेको जानकारी दिइएको छ।

खाँडो खोलामा फेला परेको अजिङगर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइएको डीएसपी तिलक भारतीले बताए। अजिंगरलाई वन कार्यालयले कोशी टपु वन्य जन्तु आरक्षको जिम्मा लगाइने बताइएको छ। उक्त अजिंगर वर्षाको समयमा आसपासको जंगलबाट नदी खोला हुँदै बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमाान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार