सदरमुकाममा चहलपहल घट्दै, गाउँमा बढ्दै


धादिङ, ३ कार्तिक ।सरकारी काम स्थानीय स्तरमै हुन थालेपछि जिल्ला सदरमुकाम तथा मुख्य बजारमा चहलपहल घट्न थालेको छ। मुलुक संघीयतामा गएसँगै विभिन्न सरकारी सेवासुविधा स्थानीय तहबाटै हुने भएपछि सदरमुकामसम्म नै धाउनुपर्ने बाध्यता हटेको छ। स्थानीय तह बलियो बन्दै जानु र ग्रामीण बस्तीसम्म यातायातको पहुँच विस्तार भएसँगै मुख्य व्यापारिक केन्द्रहरूमा चहलपहल घटेको व्यापारी बताउँछन्।

बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन्। राहदानी, नागरिकता र जग्गासम्बन्धी कामका लागि मात्र सदरमुकामसम्म धाउनुपर्ने धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्कका हिमाल सिंखडाले बताए। ‘स्थानीय सरकार हाम्रै गाउँठाउँमा आएको छ, त्यसैले घन्टौं लगाएर सदरमुकाम झर्नु पर्दैन,’ उनले भने, ‘बजारमा भन्दा गाउँमा मानिसको चहलपहल छ, रमाइलो छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार