शापु भनेको के हो ? आखा तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बराजसंगको कुराकानि


संखुवासभा जिल्लामा पछिल्लो समय शापु रोगकाविरामि देखा पर्न थालेका छन् । यसै सन्र्दभमाहाम्रा सहकर्मीले तेजरत्न आखा तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बराजसंग यस रोगको विषयमागरिएको कुराकानि प्रस्तुतगरिएको छ ।

१) शापु भनेको के हो ?
शापु ९क्ज्ब्एग्० एक दृष्टि नाशकआँखाको रोग हो । यो रोग प्रायः नेपालीबालबालिकाहरुमावि.सं. २०३२ (सन् १९७५) देखि देखापरेको छ । प्राय ः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्मविशेष गरि नेपालको मध्य पहाडी भेगमाशापु महामारीको रुपमा देखा पर्ने गरेको छ । रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार हुननपाएआँखाको दृष्टि गुम्न सक्ने तथ्याङ्कले पुष्टि गरेको छ ।सेतो पुतलीको झुसको कारण लाग्ने यो रोग पोखराबाट उत्पतिभएको चिकित्सकको दावी छ ।लामो अनुसन्धानपछि डाक्टर मदनकुमार उपाध्यायले यो रोगको नामशापुदिएकाहुन ।

२) कसरी चिन्ने सापु फैलाउने पुतली?
सेतो पुतलीकाप्रजातिकरिब तीन सय छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमाशिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्काे हुन्छ । यो उज्यालो वस्तु बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । धेरैजसो पोथी सेतो पुतलीले अण्डा ढाक्न प्रयोग गर्ने झुसकाकारण यो रोग फैलिने गरेको छ । सो पुतलीले अण्डा कारल्ने समयमाझुस छाड्छ र त्यो झुस आँखामाप¥यो भने यो रोग लाग्ने खतरा हुन्छ ।
३) कारण के हो ?
हाल सम्म सेतो पुतली (मोथ) लाई सापुलाई कारकको रुपमाजोडिने गरिएको छ । तथापिकतिपयअवस्थामाभने सेतो पुतलीको संसर्गमानआएकाविरामीहरुमापनि यो रोग देखा परेको छ । साथै अन्यकारणहरुमा सुक्ष्म जिवाणु एवं विषाणु समेत रहेको पाइएको छ । तर हालसम्म यो रोगको कारक यहि नै हो भनेर यकिनभएको छैन ।
४) यसकाचिन्हतथा लक्षणहरु के के हुन?
ड्ड एकासी एउटा आँखा रातो हुनु ।
ड्ड चिप्रानलाग्नु ।
ड्ड उज्यालोमा हेर्न नसक्नु ।
ड्ड आँखाको दृष्टिमा तत्कालै कमीहुनु ।
ड्ड आँखाको दुखाई सामान्यवा बढि हुनु ।
ड्ड उपचारमा ढिला भएमाकालो नानीमा सेतो देखिनु ।
५) यस रोगको निदानतथाउपचारविधि के हो ?
यो रोगको निदानतथाउपचार आँखाविभागर अस्पतालहरुमा मात्रगर्ने गरिन्छ । सापुको आकस्मिकउपचार सेवाआँखाभित्रऔषधि सुई लगाएर तथा जटिल अवस्थामाआँखाको शल्यक्रिया समेत गर्ने गरिन्छ । समयमानै उपचार भएमात्रआँखानिको हुन्छ । तर ढिला हुनगएमाविरामिको दृष्टि गुम्न सक्छ वाआँखा सुकेर जान सक्छ ।
६) रोकथामकाउपायहरु के के हुन?
ड्ड सेतो पुतली (मोथ) को संसर्गबाट टाढै रहने ।
ड्ड धेरै उज्यालो सेतो बत्तिनबाल्ने ।
ड्ड साझ र राती झ्याल ढोकाबन्द राख्ने ।
ड्ड सम्भवभए सम्म झ्यालको ढोकामाजालीहाल्ने ।
ड्ड सुत्ने कोठामाबत्तिनिभाएर वामधुरो बत्तिबाले झुलभित्रमात्र सुत्ने ।
७) यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
ड्ड रोगको लक्षण देखा परेमावा संकालागेमा तुरुन्तै आँखाउपचार केन्द्र वा अस्पताल जाने ।
ड्ड आफू खुसि कुनै पनिऔषधीवा जडिबुटि नराख्ने ।
ड्ड आँखा स्वस्थ्यकर्मीहरुको सल्लाहबमोजीमउपचार गर्ने ।

संखुवासभाजिल्ला एक दुर्गम हिमालीजिल्लाहो । यस क्षेत्रमापनि साफु फल्याउने पुतलीबिगत केहि बर्षदेखि संखुवासभाजिल्लामा देखापरेको तथ्याङकले देखाएको छ । साफुको सक्रमण जिल्लामाअहिले सम्म ९ जनामा देखिएको छ भने आठ जनाको समयमा नै उपचारको अभावले दृष्टि गुमिसकेको स्थिती छ भने एक जनाको समयमा नै उपचार भएर पुन दृष्टि फर्किएको अबश्था छ ।

संखुवासभाजिल्लामाबिगत १४ बर्ष देखि नेपाल नेत्र ज्योति संघ तेजरत्नआँखाउपचार केन्द्रले आँखाको सेवा सुविधा र समय समयमामोतियाबिन्दुको शल्क्रियाशिविर आयोजना, जिल्लाकाचैनपुर र नुममादुईवटा उपचार केन्द्र स्थापनागरि साथै प्रत्येक बर्ष जिल्लाकाबिभिन्नबिद्यालयमागई बिद्यार्थीको आँखाजाँचगर्ने र समस्याभएकाबिद्यार्थीलाई थपउपचारको आँखाउपचारकेन्द्र सम्मल्याई उपचार गरिनिरन्तर सेवादिईरहेको अबश्थाभएपनीमानिसमाआँखा स्वास्थ्य सम्बन्धिजानकारीको अभाव , समाजमाब्याप्तअन्धबिश्वासमा परि आँखाको उपचार गराउने र आँखामा समस्या भएपछि तत्कालै आँखाउपचार केन्द्रमानआउने जस्ता बिभिन्नकारणले यस जिल्लामाआँखा सम्बन्धि रोगको समस्यादिनानुदिन बढ्दै गएको अबश्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार