इटहरीमा आफ्नै दिदीमाथि खुकुरी प्रहार


इटहरी, ३० असोज। इटहरी उपमहानगरपालिकामा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।इटहरी १९ का २६ वर्षीय उदीप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजे खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)धर्मराज भण्डारीले जानकारी दिए ।भण्डारीका अनुसार घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दिदीको पछाडी र भाईको अगाडबाट खुकुरीले प्रहार गरेको भण्डारीले जानकारी दिए । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार