प्रहरी वृत्त लैनचौरमा नयाँ भवन


काठमाडौं, १५ असोज । महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवन उद्घाटन भएको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार आयोजित छुट्टाछुट्टै समारोहबीच कार्यालय भवन उद्घाटन गरेका हुन् ।
महानिरीक्षक खनालले भवन निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि सुन्दर हुनुपर्नेमा जोड दिए । राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीलाई उनले आग्रहसमेत गरे । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले भवन निर्माण प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा लक्ष्मेश्वर गुठीको नाममा रहेको कार्यालय भवनको जग्गा खरिद कार्यका लागि ११ करोड ३० लाख ५० हजार भुक्तानी गरी गत ३० असारबाट जग्गासमेत वृत्तको स्वामित्वमा आएको जानकारी गराइएको छ ।

भवन निर्माणका लागि सरकारको नियमित बजेटबाट कुल ७ करोड ९३ लाख ७६ हजार ३ सय ७२ रुपैयाँ ९२ पैसाको लागतमा ३१ कोठासहितको पा“चतले भवन निर्माण सम्पन्न भएको हो । समारोहमा अभिनेता राजेश हमाल पनि सहभागी थिए । उनी लैनचौरका स्थानीय हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार