जनकपुर । जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले मंगलबार अस्पतालमा छापा मारेको हो। अस्पतालमा विभिन्न उपकरण खरिद, कर्मचारी भर्ना प्रक्रिया लगायतका शीर्षकमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर विभिन्न फाइलहरु नियन्त्रणमा लिएको बताइएको छ।
प्रदेश २ स्थित आयोगका प्रवक्ता हरिप्रसाद शर्माले उजुरीको आधारमा अनुगमनका लागि अस्पतालमा टोली खटाएको जानकारी दिए। अख्तियारको टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादव, डा।जामुन सिंह, डा।कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीलाई ३ घन्टासम्म नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । अस्पतालका महँगा उपरकरणका साथै टेबल, कुर्सी लगायत फर्निचर खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा आयोगले छापा मारेको छ।
यसअघि जनकपुर अञ्चल अस्पतालमा नियमविपरित भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश नम्बर २ को सरकारले समेत आदेश दिएको थियो ।