अल्का अस्पतालमा निःशुल्क ल्याब परीक्षण


काठमाडौं, १० असोज । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याब परीक्षण निःशुल्क गर्ने भएको छ ।

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले १२ असोजदेखि ईजीसी, ईको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

लाइन्स क्लब अफ काठमाडौं अल्का र लियो क्लब अफ काठमाडौं अल्काले १२ असोजमा विश्व मुटु दिवस मनाउँदै छन् । स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिन मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सीईओ दिलिप थापाले बताए ।

उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निःशुल्क शिविरमा बिरामीलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिनेछ । शिविरमा जाँच गरेकाको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नुनपर्ने उनले बताए । अल्का अस्पतालले वरिष्ठ चिकित्सकबाट मुटु रोगको उपचार गर्दै आएको छ । साथै, अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ प्याकेज सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार