नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् ।
बस सडक छेउ पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।घाइतेहरु मध्ये मकवानपुर जिल्लाको हेटौडा घर बताउने बस चालक ३५ बर्षीय लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये १५ जनाको पहिचान भएको छ भने अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।