भोजपुर, ७ असोज ।
जिल्ला मालपोत कार्यालय भोजपुरमा अनलाइन प्रणाली सुरु भएको छ । देशभरका मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने अभियानअन्तर्गत भोजपुर मालपोत कार्यालयलाई पनि अनलाइन प्रणालीमा लगिएको हो ।
अनलाइन प्रमाणालीको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेका हुन् । इन्टरनेटको माध्यमबाट जग्गाजमिन सम्बद्ध कारोबार गर्ने तथा अभिलेख केन्द्रीकृत रूपमा राख्न अनलाइन प्रणाली लागू गरिएको कार्यालय प्रमुख रुद्र बहादुर खत्रीले बताए । खत्रीका अनुसार अहिलेसम्म देशभरका १३३ मालपोत कार्यालयमध्ये ९९ औं स्थानमा कार्यालयमा अनलाइन सेवा सुरु भएको हो ।
कार्यालयमा अनलाइन सेवा सुरु भएसंगै जग्गाको श्रेष्ताको अभिलेख चुस्त हुने घरजग्गा सम्बन्धी कारोबार र विवरण संकलनलाई व्यवस्थित, विश्वासिलो, भरपर्दाे र सुरक्षित बन्ने कार्यालय प्रमुख खत्रीले बताए ।
अनलाइन प्रणालीबाट छिटो छरीतो ढंगले काम भइ अभिलेख राम्रो हुने भएकाले यो प्रणाली राम्रो भएको सेवाग्राहीको भनाई छ । तर यसको दिगोपनाको लागि राज्यले दक्ष कर्मचारी उत्पादन गर्नु पर्ने सेवाग्राहीको भनाई छ ।