सिन्धुलीगढीमा नमुना संग्राहलय बन्ने


सिन्धुली, ६ असोज। ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले नमुना संग्राहलय बनाउने भएको छ । नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले संग्रालय बनाउने तयारी थालेको हो ।

प्रधान सेनापति पुर्ण चन्द्र थापाले आफ्नो सम्बोधनमा नेपाली सेनाको विरताको इतिहास समेत बोकेको सिन्धुलीगढीमा ऐतिहासिक तथा सैन्य पर्यटनलाई समेत बढावा दिन संग्रहालय बनाउने थालिएको उल्लेख छ । नेपाली सेनाको नागरिक सहयोग अभियान अन्र्तगत स्थानिय सरकारसँगको समन्वयमा संग्राहलय निर्माण गर्न लागिएको उक्त सम्बोधनमा उल्लेख छ । नमुना संग्राहलय निर्माणको जिम्मेवारी सिन्धुलीमाढी स्थित बर्द बहादुर गणले पाएको छ । गणका गणपति राजिव थापाका अनुसार सिन्धुलीगढीको मुख्य दरबार मुनितिर हाल ऐतिहासिक सिन्धुली गढिको संरक्षणार्थ स्वामित्वकर्ता कमलामाई नगरपालिका सिन्धुलीले निर्माण गरेको पार्कको अगाडी तर्फको खुला जमिनमा संग्राहलय निर्माण गरिने गरी ठाउँ निर्धारण समेत गरिएको छ । निर्माण हुने संग्रहालयको नक्सांकन, डिजाईन भइसकेको नेपाली सेनाले जनाएको छ ।्

संग्राहलयको वास्तविक स्वरुप सहितको थ्रिडि
पाश्वचित्र तयार गरी संग्राहलयको बारेमा प्रधान सेनापति र रक्षा मन्त्रालयमा बिस्तृत जानकारी गराउन कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख खड्ग बहादुर खत्री र गणपति थापा सहितको टोली असोज ७ गते काठमाण्डौ जाने पनि थापाले बताए । प्रधान सेनापति र रक्षामन्त्रालयबाट नक्सांकन, डिजाईन स्वीकृत भएपछि पुरातात्विक शैलीमा संग्राहलय निर्माणको चरणमा जाने छ । नेपाल सरकार रक्षा मन्त्रालयको बजेत मार्फत निर्माण गरिने संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिने उनले बताए ।

पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण हुनेछ संग्राहलय भित्र वृत चित्र मार्फत गढिको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, तत्कालीन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाले लगाउने गरेको पोशाक प्रर्दशनका लागि काष्टेरिया, गढि अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरुप लान सक्ने बस्तुहरु उपलब्ध सोभनियर कक्ष लगायत रहने छन् । संग्राहलयको नक्सांकन, डिजाईन पुरातत्व विज्ञहरु सम्मिलित काठमाण्डौँ स्थित मेगा सिभिल कन्सल्टेन्ट प्राईभेट लिमिटेडले तयार पारेको हो ।

करिब ४९२० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने एक तल्ले ६ कोठे संग्रहालयको कुल लागत ४ करोड ५० लाख रुँपैया रहने छ । मंसिर पहिलो हप्ताबाट संग्रहालयको निर्माणको काम सुरु हुने र २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताए ।

दुई गढी जोड्न पदमार्ग
नेपाली सेनाले ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढी जोड्नका लागि पदमार्ग निर्माण गर्ने भएको छ । नेपालको इतिहासमा महत्वपूर्ण स्थान मानिएका यी गढी जोड्न पदमार्ग ७२ किलोमिटरमध्ये ५७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो । नेपाल एकीकरणका दौरानमा पृथ्वी नारायण शाह र उनको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न लागिएको उक्त मार्गको १५ किलोमिटर सांसद विकास कोषबाट संघिय सांसद हरिवोल गजुरेलले निर्माण सम्पन्न गरेका छन् ।

बर्दबहादुर गणले हरिहरपुरगढीदेखी सिन्धुलीगढीसम्म पदमार्ग, ऐतिहासिक बिश्राम स्थल, धार्मिक सम्पदाहरुको पहिचान र मर्मत संम्भार गर्दै दुरी मापन गरी संकेत चिन्हहरु समेत राख्ने काम गरिसकेको छ । निर्माण हुन बाँकी पदमार्गको नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार