भोजपुरको षडानन्द नगरपालिकामा बम विस्फोट


भोजपुर, ३ असोज ।
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी कुकर बम विस्फोट भएको हो ।

शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताए ।  विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शंकास्पद वस्तु पनि फेला परेकोले संकास्पद वस्तुको डिस्पोजको लागि संखुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ आउदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार