काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउँदै गरेका चाडबाडलाई लक्षित गरी लगातार ९० दिनसम्म चल्ने लखपति एक्सप्रेस २०७६ ‘न यति न उति सीधै लखपति’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरूले दैनिक १० जनाले रू। २०० को मोबाइल टपअप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रूपमा १ जनाले रू। १० हजार र हरेक महीना लक्की ड्रमा विजयी हुने १ जनाले रू। १ लाख जित्नेछन् । उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रू। १० लाख जित्न सक्नेछन् ।
कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेता समेत बम्पर उपहारका लागि सहभागी हुनेछन् । कम्पनीका अनुसार योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । उक्त अवधिभर सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । विजेता छनोट विद्युतीय प्रणालीद्वारा गरिनेछ । योजनामा सिटी एक्सप्रेसमा कार्यरत कोही पनि सहभागी हुनेछैनन् ।