भोजपुर, १ असोज ।
भोजपुर जिल्लाको विभिन्न ठाउँमा अविरल वर्षातका कारण तीन ओटा घर ग्वाली भत्किएका छन् । वर्षातले भोजपुरको आमचोक गाउँपालिका –४ मा एउटा ग्वाली घर भत्किएको छ । स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ग्वाली घर भत्किदा मानविय क्षति नभएपनि एक ओटा वोका मरेको प्रहरीको भनाई छ। जसबाट एक लाख तीन हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै वर्षातकै कारण मंगलबार विहान भोजपुरको रामप्रसाद राई गाउँपालिका – १ ओख्रेमा पनि एक घर भत्किएको छ। स्थानीय धन वहादुर राईको घर भत्किएको हो । त्यसैगरि अरुण गाउँपालिका ५ याकुमा पनि एक घर भत्किएको छ । स्थानिय रमेश ढकालको घर भत्किदा ७६ हजार वरावरको क्षति भएको प्रहरीको भनाई छ ।
घरले पुर्दा तीन ओटा चौपाए समेत मरेको प्रहरीले जनाएको छ । वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ,भने ग्रामिण भेगमा यातयात आवत जावतमा समस्या भएको छ । बर्षातले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो ।