
भोजपुर, १ असोज ।
वर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ,भने ग्रामिण भेगमा यातयात आवत जावतमा समस्या भएको छ । बर्षातले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसै विच वर्षातको कारण भोजपुरको आमचोक गाउँपालिका –४ मा एउटा ग्वाली घर भत्किएको छ ।
स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ग्वाली घर भत्किदा मानविय क्षति नभएपनि एक ओटा वोका मरेको प्रहरीको भनाई छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई घटनाको जानकारी हुनसाथ मंगलबार राती सो तर्फ प्रहरी प्रस्थान गरेको छ । भोजपुरमा केहि यताबाट निरन्तर भारी वर्षात भईरहेको छ ।
आगलागीबाट क्षति भोजपुरको आमचोक गाउँपालिका –१० मा आगलागी हुँदा तीन लाखको क्षति भएको छ । मंगलबार दिउँसो सोही वडाको ल्यामल्याम वस्ने रत्न वहादुर विकको घरमा आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट विकको घरमा भएको अन्नपात लत्ताकपडा भाँडा वर्तन,लगाएत सम्पूर्ण सामग्री जलेर नश्ट भएको प्रहरीको भनाई छ । घरका कोहि नभएको अवस्थामा खाना पकाएर छाडेको आगोबाट आगलागी भएको प्रहरीको भनाई छ ।