असोज २ गते सरकारी अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने


काठमाडौं । आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो ।

३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग ९ओ।पि।डी० सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार