ताप्लेजुङमा पनि भेटिए डेंगी संक्रमित


ताप्लेजुङ, २७ भाद्र । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगी रोगका संक्रमित फेला परेका छन् । आठराई त्रिबेणी गाउँपालिकाका वडा नं ३ हाङ्पाङकी एक महिलामा डेंगी रोगको संक्रमण फेला परेपछि थप उपचारका लागि यहाँबाट रेफर गरिएको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिए ।परीक्षणका क्रममा डेंगीको संक्रमण फेला परेपछि सुबिधा सम्पन्न अस्पतालमा उपचारका लागि रेफर गरिएको लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार