
उदयपुर, २७ भाद्र । उदयपुरकी एक ६ वर्षीया बालिकामाथि जवरजस्ती गरेको अभियोगमा युवक पक्राउ परेका छन् । बालिकामाथि जबरजस्ती गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका– ३ राजाबासका १९ वर्षीय गणेश गिरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
अबोध बालिकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा अघिल्लो दिन पीडितका आफन्तले दिएको उजुरी अनुसार गिरीलाई बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सुरुमा बालिकाले कसैलाई नभनीकन लुकाई राखेको घट्ना भोलिपल्ट बिरामी भएपछि सोधपुछ गर्दा आमालाई बताएपछि सार्वजनिक भएको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले बताए ।
उनका अनुसार बालिकाले घट्नाबारे आमालाई जानकारी गराए लगत्तै प्रहरीमा खवर आएपछि बिहीबार बिहानै गिरीलाई नियन्त्रणमा लिइएको हो । उनलाई इलाका प्रहरीकै हिरासतमा राखिएको छ । गिरीलाई बिहीबारै जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ ।