साइबर अपराध र मानव बेचबिखन नियन्त्रण हाम्रो पहिलो प्रथमिकता – सर्वेन्द्र खनाल


काठमाडौं, २४ भाद्र । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको गुनासो गरेका छन् । नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको आज काठमाडौंको टेकुमा शिलन्यास गर्दै उनले प्रहरीको कामकारवाही पारदर्शी बन्न नसक्दा जनताका विश्वास टुट्ने भएकाले जिम्मेवारीमा सचेत र सजग हुनुपर्ने बताएका हुन् ।

प्रहरी प्रमुख खनालले पारदर्शिता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिन निर्देशन समेत दिए । २०७२ सालको महाभुकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपाल मुनि त कहिले टेकूमा रहेर सेवा प्रदान गर्दे आएको थियो ।

महानिरीक्षक खनालले साइबर अपराध र मानव बेचबिखन नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा परेको बताए । साइबर अपराध र मानव बेचबिखनका घटना बढेकाले प्रहरीको पहिलो प्राथमिकतामा यी विषय परेको उनको भनाइ छ ।

‘साइबर अपराध र मानव बेचबिखन नियन्त्रण अहिले हाम्रो पहिलो प्राथमिकतामा छ’, खनालले भने, ‘यसका लागि हामीले नागरिकसँग सहकार्य गरिरहेको छौं ।’

अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । अत्याधुनिक सुविधासम्पन्न तीनवटै भवनहरु दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार