ललितपुर । अन्तर्राष्ट्रिय महिलावादी ऐक्यवद्धताको उत्सब उर्लदो सय करोड २०२० को आरम्भ कार्यक्रम भदौ २१ गते शनिबार राजधानीमा आयोजना गरिने भएको छ । संगत फेलोसिप र मितो मेरोरियल अवार्डको घोषणा समेत सोही कार्यक्रममा गरिने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । न्याय, समानता र शान्तिप्रति संस्थाहरुको प्रतिबद्धता नवीकरण गर्न र बालिका तथा महिलाविरुद्ध हुने हिंसा अत्न्यका लागि कार्यक्रम आयोजना गरिएको हो । उर्लदो सय करोड दक्षिण एसिया २०२० को आरम्भ महिलावादी अभियानकर्मी र उर्लदो सय करोड दक्षिण एसियाका संयोजक कमला भसीनले सम्बोधन गर्ने भएकी छन् । उर्लदो सय करोड अभियान आठौं वर्षमा प्रवेश गरेसँगै अन्यायका तत्वहरुलाई विश्वव्यापी रुपमा प्रतिरोध गर्न आह्वान समेत सो कार्यक्रममा गरिने भएको छ ।
बालिका तथा महिला माथि हुने हिंसा बिरुद्धको लडाईलाई निरन्तरता दिँदै यसको वर्षको अभियानले आर्थिक, राजनितिक, सामाजिक सांस्कृति सांस्कृतिक, वातावरणीय र बैचारिक प्रणालीहरुमा देखिने असमानतालाई प्रश्न र प्रतिरोध गर्नेछ । कार्यक्रममा सङ्गत कोर ग्रुपका सदस्यहरु र एसियामा प्रशिद्ध महिला तथा पुरुष महिलावादी कार्यक्रममा सहभागी हुनेछन् । साथै कार्यक्रममा लैङ्गिक समानता, न्याय र शान्तिका लागी नेपाल लगायत दक्षिण एशियामा काम गरिरहेका महिला अभियन्ता र समूहहरुलाई समेत सम्मान गरिनेछ । यस वर्षको व्यक्ति व्यक्तिगत सङ्गति ग्रान्ट अवार्ड सुगभवनीपट्टी चित्रकार महोत्तरीका सुनैना ठाकुर पाउने भएकी छन् ।