भोजपुर,१२ भाद्र ।
भोजपुरको उत्तरी क्षेत्रमा पर्ने जिल्लाको सवै भन्दा ठुलो षडानन्द नगरपालिकाका कर्मचारीले आजबाट कामकाज ठप्प पारेका छन् । नगरपालिकाका स्थायी तथा करारमा रहेका कर्मचारीले विभिन्न ४ वुदे माग राख्दै कामकाज ठप्प पारेका हुन् ।
कामकाज ठप्प पारेको विषयमा उनिहरुले विज्ञप्ती मार्फत जानकारी गराउदै उनिहरुले करारमा रहेका कर्मचारीलाई म्याद थप गरि सम्झौता गराईनु पर्ने, एक कर्मचारी एक जिम्मेवार प्रदान गरिनु पर्ने, दन्वन्दी अनुसारका कर्मचारीलाई विभिन्न शाखागत जिम्मेवारी दिनु पर्ने र कर्मचारीको मनोभावना वुझेर समायोजन गर्दा सेवा क्षेत्र पाएक पर्ने ठाउँमा गर्नु पर्ने माग उनिहरुले अघि सारेका छन् ।
यदि माग पुरा नभएमा जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने उनिहरुले चेतावनी दिएका छन् ।स्थायी कर्मचारीलाई समायोजन भन्दै दुई वा सो भन्दा वढी वडाको जिम्मेवारी दिईएकाले त्यसले कार्यवोज बढेको, साथै करारका कर्मचारीलाई मौखिक रुपमा म्याद थप भएको जानकारी दिईएको भएपनि लिखित रुपमा म्याद थपको प्रमाण नदिएको विज्ञप्तीमा उल्लेख छ ।
यता नगरपालिकाका मेयर विरवल राईले विना कारण आन्दोलनमा उत्रिएकोले यसको कुनै अर्थ नरहेको बताए । नगरपालिकाको कामलाई सहज र सरल रुपमा सञ्चालन गर्न प्रमुख प्रशासकिय अधिकृतले नितिगत ढंगले समायोजन गरेकोमा आपति जनाउनु कर्मचारीको गैर जिम्मेवारीे पन रहेको उनको भनाइ छ । यदि करार तथा स्थायी कर्मचारी तोकिएको काममा नगए नगरपालिकाले अर्को विकल्प सोच्ने समेत उनले चेतावनी दिए ।
राईले भने‘ हाम्रो स्थानीय तहमा १३७ जना करारका कर्मचारी छन्, नितिहरुको तलवको लागि मात्र चार करोड ३७ लाख आन्तरिक श्रोत जुटाउनु पर्छ तर जिम्मेवारी तोक्दा आन्दोलन आएपछि यसको विषयमा नगरपालिकाले जस्तो पनि निर्णय गर्न सक्छ ।’
करारमा रहेका कर्मचारीहरुलाई पनि कार्यसम्पादनको आधारमा मात्र जिम्मेवारी दिईने उनले जानकारी दिए ‘हामीले स्थायी कर्मचारीलाई नगरको कार्यवोझलाई ध्यानमा राख्दै घर पायक पर्ने गरिनै जिम्मेवारी दिएका छौ, तर उनीहरु ले पनि करारका कर्मचारीलाई आन्दोलनमा सर्मथन दिएको देखिन्छ, यसले उनिहरुलाई नै समस्यामा पार्न सक्छ, काम छाडेर अन्दोलनमा जाने करारका कर्मचारीलाई अवका दिनमा कार्यसम्पादन हेरेरमात्र म्याद थपिन्छ ।’ उनले भने ।