सप्तरीमा एक हजार ५ सय थान लागुऔषध बरामद


राजविराज, १२ भदौ । सप्तरीको बोदे वरसाइन नगरपालिका–६ फुलकाही स्थित खमगाढा चौकबाट विहिबार पक्राउ गरिएको एक व्यक्तिको साथबाट ठुलो परिमाणमा अवैध लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बोदे बरसाईनका प्रहरी सहायक निरीक्षक उमाकान्त चौधरीको कमाण्डमा खटिएको टोलीले सोहि नगरपालिका–८ काचनका ३५वर्षीय शत्रुधन रामलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा रामको साथबाट झण्डै १ हजार ५ सय थान अवैध लागुऔषध बरामद भएको छ ।

फेर्नागन र डाइजिलाप एम्पुल ५र५ सय तथा नोफिन ४ सय ९८ थान एम्पुल रामको साथबाट फेला परेको जनाएको छ । पक्राउ परेका रामलाई आवश्यक कारवाहीको लागि बोदे वरसाइन स्थित इलाका प्रहरी कार्यालयमा वुझाएको वेश प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक वौवा बहादुर आले मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार