अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना


धरान, १० भाद्र । सुनसरीको धरानस्थित श्याम चोकमा ङाग्युर ञीङमा ङ्युङने गुम्बामा रहेको ३२ जना अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि देशू गोले तामाङले अक्षयकोष स्थापना गरेका छन् । ती अनाथ बालबालिकाहरूलाई पठनपाठनका लागि तामाङले ६ लाख ३६ हजार ८ सय रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

देशु गोले फाउण्डेसन अन्तर्गत रकम सहयोग गरेको र आगमी दिनमा आफ्नो परिवारको कमाई कटाएर निरन्तर सहयोग गरिरहने तामाङले बतान् । तामाङ भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्दै आएका छन् । तामाङले बालबालिकाहरूले पठनपाठनमा पैसा नभएकै कारण पढाईबाट बञ्चित नहोस भन्ने उदेश्यले अक्षयकोष स्थापना गरेको बताइन् ।

तामाङले आफ्नै प्रयास र खर्चमा स्थापना गरेको अक्षयकोषलाई भबिष्यमा बढाउदै जाने लक्ष्य रहेको बताइन् । भविष्यमा अक्षयकोषको राशी ५ करोड पुर्याउने लक्ष्य रहेको तामाङले बताइन् । नेपाली, अंग्रेजी र बौद्व शिक्षा लिँदै आएका बालबालिकाहरूको पठनपाठन, लालनपालन सहज होस भन्नका लागि अक्षयकोष स्थापना गरिएको संस्थापक देशु गोले तामाङले बताइन् ।

लामो समयदेखि सामजिक सेवामा क्रियाशिल रहेका तामाङले आफ्नो नाममा रहेको फाउडेशनमार्फत विभिन्न संघ संस्थालाइ सहयोग गर्दै आइरहेका छन् । बाँकी जीवनमा समाजसेवामा समर्पित गर्ने लक्ष्य उद्देश्य सहितका अनाथ बालबालिकाको पठनपाठनमा समर्पित गर्ने सोचका साथ अगाडि बढेको छु उनले भनिन–‘आफ्नो कमाई र परिवारको गाँस काटेर अनाथहरूको सेवामा लागेको छु ।’ यस्तो कार्यमा सम्पूर्ण सहयोगी मनका धनीहरूले सहयोग गर्न समेत तामाङले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार