विषालु च्याउ खाँदा सासुरा बुहारी बिरामी


बागलुङ, ५ भाद्र । बागलुङको ढोरपाटन नगरपालिका–६ चामिद्वारमा विषालु च्याउ खाँदा एकै घरका २ जना ९सासुरा–बुहारी० सिकिस्त बिरामी परेका छन् ।

स्थानिय ६८ वर्षिय लक्ष्मण सिंह बुढा मगर र उनका बुहारी वर्ष २८ की प्रतिक्षा बुढा मगर सिकिस्त विरामी परेको ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले जानकारी दिईन् ।विरामीको उद्धारमा खटिएका नगर उप–प्रमुख पुनका अनुसार, विहिबार विहान बजेतिर आफ्नै घरदैलोमा उम्रिएको मल्लेउ र सिताके जातको च्याउ खाँदा उनिहरु विरामी परेका हुन् ।

अचेत अवस्थामा रहेका दुवै जनाको अधिकारीचौर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको स्वास्थ्य चौकी प्रमुख ९हेल्थ असिष्टेन्ट० कल्पना घर्ती मगरले जानकारी दिईन् ।

उनिहरुको अवस्था गम्भीर देखिए पछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको विशेष पहलमा हेली चार्टर गरी पोखरा रिफर गरिएको हेल्थ असिष्टेन्ट घर्तीको भनाई छ ।

च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पु¥याउने अवस्था जटिल रहेको हेल्थ असिष्टेन्ट घर्तीको भनाई छ ।

अखाद्य च्याउले वाकवाकी लाग्ने, बान्ता हुने, पेट काट्ने, पखाला लाग्ने हुनुका साथै कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्ने हुनु सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार