रोजगारीका लागि भारत जाने दिन गए


मान्म,५ भाद्र । जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन्। नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन्।

नगरपालिकाले गाउँमै उक्त बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का चन्द्र सिम्खडाले बताए। “म १२ वर्षको उमेरदेखि भारतको नैनीतालमा मजदूरी गर्दै आएको थिए”, उनले भने, “भारतमा गएर काम गर्दा धेरै दुःख हुन्थ्यो। जति काम गरे पनि घरमा आउँदा परिवारका लागि लुगाफाटो पु¥याउन पनि मुस्किल हुन्थ्यो।”

रोजगारीका लागि मलेसिया पुगेर पाँच वर्षसम्म काम गरेका सोही नगरपालिका–१ का हिक्मत न्यौपानेले गाउँमै रोजगारी पाइएकाले अब मलेसिया नजाने बताए। “पाँच वर्ष मलेसिया बसेँ। मलेसिया बस्दा न पैसा कमाउन सकेँ नत सुख नै पाए”, उनले भने, “अहिले नगरपालिकाले रोजगार बैँकमार्फत काम दिन थालेपछि विदेशमा गरिएको दुःखभन्दा घर नजीकै काम पाउँदा साह्रै खुशी लागेको छ।”

गाउँमै रोजगारी पाउन थालेपछि स्थानीय बेरोजगार पनि खुशी हुन थालेका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंंह बमले बताए। “अहिले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ”, उनेले भने, “घर नजीकै रोजगारी पाइएको छ। गाउँमा नै काम गरेर स्थानीयवासीहरु रोजगार हुन थालेका छन्।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार