ओली, प्रचण्ड र देउवालाई फेसबुकबाट गाली गर्ने पक्राउ


काठमाडौं, ३ भाद्र। सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारा सिमराका २८ वर्षीय सागर मैनालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार