उदयपुर, ३ भाद्र । उदयपुरमा डेङगुको संक्रमण भयवभहको रुपमा फैलिन थालेको छ । जिल्लाको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा गरि ३६ जनामा डेङगुको संक्रमण भेटिएका छन् ।
जिल्लाको तराई तथा भित्रि मधेशको भू–भागमा केही दिनदेखि डेङ्गु फैलिन थालेको हो । केही हप्ता यता फैलिन सुरु गरेको डेङगु बेलका नगरपालिकामा– ४ जना चौदण्डीगढी नगरपालिकामा–३ जना, त्रियुगा नगरपालिकामा– ३ र कटारी नगरपालिकामा– २६ जना डेङगु फेला परेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबै भन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलिन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीगढीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलिएको जनाएका छन । डेढ महिना अघि कटारीमा दुई जना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एक जना र त्रियुगा नगरपालिकामा एक जनामा देखा परेको डेङ्गगु बिस्तारै फैलिँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका क्षेत्रमा गरेर झण्डै तीन दर्जन बढीमा डेङ्गु रोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।
एडिज एजिप्टी ९ ब्भमभक ब्भनथउउतष् ० जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो लामखुट्टेले सफा पानीमा फु पार्ने गर्दछ । वर्षातको मौसममा पानी जम्ने टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु पुरानो टायर, ट्यूब तथा खाली ड्रमहरुमा फुल पार्ने गर्दछ । त्यसैगरी घर, कौशीको गमला, फुलदानी, एयर कुलर, एयर कन्डिसन पानीको ट्याकीमा पनि फुल पार्दछ । यो लामखुट्टेले दिउँसो मात्र टोक्छ, डेगु ज्वरो बिरुद्ध कुनै खोप छैन र खास उपचार पनि छैन् तसर्थ लामखुट्टेको टोकाईबाट बच्नु नै डेगु रोगबाट बच्ने मुख्य उपाय हो । यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो ५ देखि ७ दिनसम्म आउने, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउको पछिल्लो भाग दुख्नु, रक्तश्राब हुनु, हाड जोर्नी तथा मासंपेशी दुख्नु, शरीरमा दादुरा जस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने जस्ता लक्षण देखा पर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यसरी डेङ्गुबाट बिरामी परेका मध्ये केहीलाई जिल्लामा नै उपचार भइ रहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा तथा १ नम्बर प्रदेशको बिराटनगरका अस्पतालमा उपचार भइ रहेको समेत स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको जनस्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
प