
काठमाण्डौ, २ भाद्र ।
कालिकोटको महावै गाउँपालिका वडा नम्बर ७ राम्निलेका स्थानियको गुनासोेपछि बाँदर धपाउन भन्दै वार्षिक ६० हजार रुपैयाँ रकम छुट्यायो । स्थानिय नागरिकले लगाएको मकै, तरकारी र अन्य बाली बाँदरले खाएर नोक्सान गरेपछि स्थानियका लागि गाउँपालिकाले बाँदर हेरालुको तलब स्वरुप ६० हजार रकम छुट्याएको छ ।
हेरालु कसलाई राख्ने र हेरालुलाई मासिक कति तलब दिने स्थानियवासीले नै निर्णय गर्ने छन् । दुई महिना अघि उक्त निर्णय भएपछि अहिले हेरालुले महिनाभरि बाँदर कुरेवापत तलब पाउँछन् । कालिकोटको स्थानिय सरकारले गरेको यो निर्णय आफैंमा एउटा जनमैत्री निर्णय हो । कालिकोट मात्रै हैन पछिल्लो समय गुल्मी, अर्घाखाँची, उदयपुरलगायत कतिपय जिल्लामा बाँदरबाट पीडितहरुलाई स्थानिय सरकारले दिएको बजेटले केही राहत मिलेको छ ।
‘बाँदर हेरालुलाई तलब’ शीर्षकको समाचार पढ्दा शहरको बोडिङ स्कुलमा ‘मङ्की माने बाँदर’ भनेर पढेका मध्ये कतिलाई अचम्म र वाहियात पनि लाग्यो होला । हाम्रो एउटा पुस्ताले बाँदर राम्ररी चिन्दैन ९कतिपय बोडिङ स्कुलको किताबमा बाँदरको ठाउँमा ढेडुवाको तस्विर छापिएको छ० तिनलाई यो समाचार बकवास लाग्नु अनौठो होइन । चिडियाखानाको जाली भित्र हुर्किएको बाँदर हेरेर हुर्किएका पुस्तालाई बाँदरले बाली सखाप पारेको सुन्दा अचम्म लाग्नु अस्वभाविक हैन ।बाँदरको हेरालुका लागि बजेट छुट्याउने स्थानिय सरकारको म भने काफी प्रशंसा गर्छु ।
किनकी स्थानिय सरकार भनेकै स्थानिय जनताको गुनासो सुन्दै उनीहरुको समस्या समाधानका लागि पहल गर्नका लागि हो । हाम्रा कुनै पनि स्थानिय सरकारसंग तत्कालै महंगा अस्पताल, सुविधा सम्पन्न विद्यालय, वा अन्य प्राविधिक शिक्षण संस्था स्थापना गर्ने ल्याकत छैन । महावै गाउँपालिकाले स्थानिय जनताको समस्या बुझ्दै समाधानको लागि पहल ग¥यो यो आफैंमा गज्जब निर्णय हो । तराइका कतिपय स्थानिय सरकारले छात्रालाई साइकल बितरण गरेका छन्, त कतिले परम्परागत खेतीपातीमा रमाएकालाई आधुनिक मल बिउ इत्यादि बाँडेका छन् ।
यहाँ मैले जोड्न खोजको चाँही खासमा रवि लामिछानेलाई हो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले रवि लामिछानेलाई पक्राउ गरेपछि ‘हाम्रो रवि हाम्रो दश, प्राण भन्दा प्यारो छ भन्दै जसरी स्वतस्फुर्त मान्छेहरु जम्मा भए यो घटनालाई त्यति हल्का रुपमा बुझिनु हुन्न ।
सामाजिक सञ्जालमा धेरै थरीको अन्धभक्त आवाज सुनियो । कतिले भने रविमाथि अनुसन्धान गर्नै पाइँदैन । केहीले यस्तो पनि टिप्पणी गरे ‘हत्या रवि लामिछानेले नै गरेको हो ।’ यी दुवै अतिवादी भनाइसंग सहमत हुन सकिँदैन । कुनै पनि घटनामा कसैको नाम जोडिएपछि राज्यले निर्वाध अनुसन्धान गर्न पाउनुपर्छ र अनुसन्धानको पुरा परिणाम नआएसम्म कसैलाई पनि ‘हत्यारा’ भन्न पाइँदैन ।
अहिले रविको पक्षमा जसरी जनमत बढेको छ । यो केबल उनीप्रतिको दया मायाले होइन् । रविले भन्दा धेरै विपद भोग्नेहरु धेरै छन् ति कसैका पक्षमा पनि यस किसिमको जनमत उर्लेको थिएन ।
म रविको समर्थक होइन
रवि लामिछाने कुनै दलका नेता होइनन् । उनलाई विपद पर्दा ‘हाइ हाइ रवि दाई’ भन्दै नारा जुलुस लगाउनुपर्ने खास कारण देखिँदैन । जब प्रहरीको गाडी चढेर रवि लामिछाने चितवन पुगेको खबर फैलियो । स्थानिय युवादेखि वृद्ध समेत रवि लामिछानेको समर्थमा यसरी आए । प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज गर्नुप(यो ।’
एउटा सामान्य टेलिभिजनमा ‘सिधा कुरा जनतासंग’ कार्यक्रम प्रस्तोताका पक्षमा यो भीड किन जम्मा भयो रु राज्यको राज्य सञ्चालक गम्भिर हुनुपर्छ । रविको समर्थनमा जम्मा भएको भीड ठट्टा होइन । रवि एक्लो टेलिभिजन कार्यक्रम प्रस्तोता होइनन् । उनी भन्दा धेरै दिग्गजहरु छन्, जसले पटक पटक आफ्नो मिडिया मार्फत देश नबनेकोमा चिन्ता मात्रै गरेका छैनन् । कतिपय विज्ञहरु बोलाएर देश बनाउने उपाय समेत सुझाएका छन् । मलाई लाग्दैन यस्तै भीड ति विद्वानहरुलाई आपत पर्दा पनि लाग्छ भन्नेमा ।
मैले स्थानिय सरकारको प्रसंग यसकारण उल्लेख गरेँ । स्थानिय तहको निर्वाचनका क्रममा सबै उम्मेदवारले गाउँमै सिंहदरबारलाई प्रमुख नारा बनाए । प्रनिनिधिसभा निर्वाचनमा हरेक पार्टीका घोषणा पत्र यति सुन्दर कुराले भरियो । विद्यार्थीलाई राम्रो स्कुल, किसानलाई आधुनिक बिउ बिजन, व्यापारीलाई व्यापारमा सहुलियत, बेरोजगारलाई भत्ता । वार्षिक यति हजारलाई स्वदेशमै रोजगार । निर्वाचनपछि तत्कालीन वाम गठबन्धनले स्पष्ट बहुमत ल्यायो । दुईतिहाईको सरकार बन्यो । ध्रुव लम्साल