
कालिकोट, २ भाद्र । नेत्रविक्रम चन्द विप्लव समुहका दुई नेता नेकपामा प्रवेश गरेका छन् । नेकपा कालिकोटको दोस्रो पूर्ण वैठकमा सम्वोधन गर्न पुगेका नेकपाका केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीको हातवाट टिका लगाएर नेकपा प्रवेश गरेको पार्टी सचिव नगेन्द शाहि नेश्नलले जानकारि दिए ।
नेत्रविक्रम चन्द विप्लव समुहका जिल्ला सदस्य कालीबहादुर महतारा र कान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य रुपेन्द ऐडि चन्द समुह परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
यस अघि विप्लव समुहको गतिविधिमा सम्लग्न रहेको भन्दै महतारालाई प्रहरीले प्रक्राउ गरि हिरासतमा राखेर छाडेको थियो । त्यसपछि नेता महतारा र पत्रकार एैडिले पत्रकार सम्मेलन गरि आफुहरु कुनै पनि पार्टीमा नरहेको र स्वतन्त्र रहेको जानकारि गराएका थिए ।






















