(भिडियो सहित) भोजपुर नगरपालिकाले चासो नदिएपछि डेढ महिनाबाट बन्द रहेको सडक व्यवसायीले खुलाए


भोजपुर,३२ साउन ।
बस व्यवसायीहरुको सकृयतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्वा हँुदै दक्षिण क्षेत्रका तीन ओटा स्थानिय तह जोड्ने सडक लामो समयपछि सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले नै चासो नदिएपछि व्यावसायीहरुले सडक मर्मत गरेर बन्द भएको करिव ढेड महिना पछि सञ्चालनमा ल्याएका हुन् । स्थानियको दैनिक जनजिवनसंग जोडिएको यो सडक मर्मतमा व्यवसायी आफै जुटेका हुन् । उनिहरुले गत असार महिनाको वर्षातले बिगारेको सडक आफ्नै पहलमा मर्मत गरेर शनिबारबाट यातयात सञ्चालनमा ल्याएका छन् । नगरपालिका समक्ष सडक मर्मतको लागि पटक पटक अनुरोध गर्दा पनि चासो नदिएपछि करिव १२ किलोमिटर सडक डोजर लगाएर मर्मत गरेको तत्कालिन संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तान बताए । मोक्तानले भने‘सरोकारवाला पक्षलाई धेरै पटक अनुनयविनय गर्दा पनि चासो नदिएपछि हामी आफै मर्मतमा जुटेका हौ ।’

धेरै पटकको अनुरोधपछि काम थालेको नगरपालिकाले विचैमा काम छाडेपछि व्यावसायी आफैले सडक मर्मत गरेका हुन् । नगरपालिकाले ३ दिन लगाएर करिव ५० मिटर मात्र सडक बजेट सक्न देखावटी रुपमा मात्र मर्मत गरेको व्यावसायीको भनाई छ । ‘ ‘‘हामीले दुई दिनमा १२ किलोमिटर सडक मर्मत गरेर यातयात सञ्चालन ल्याएका छौ, धेरै पटक अनुरोध गरेपछि नगरपालिका तीन दिनमा करिव ५० मिटर सडक खनेको छ। यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ ।’
मोक्तान भने ।
नगरपालिकाले गर्नु पर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवासायी नै अग्रसर भएपछि स्थानियले पनि सडक मर्मतमा साथ दिएका छन् । तर यस्तो काममा नगरपालिकाले चासो नदिएकोमा भने उनिहरु आक्रोसित वनेका छन् । स्थानिय शिव कार्की भने‘ बाटो अवरोध भएको एक महिना बढी भया,े तर खुलाउन सरोकारवाला पक्षको ध्यान गएन, गर्भवती, विरामी तथा असक्त नागरिकलाई डोको तथा स्टेचरमा वोकेर ल्याईरहेको अवस्था छ खोइ यस तर्फ जनप्रतिनिधिको ध्यान गएको ?’
सदरमुकामबाट दक्षिणका तीन ओटा गाउँपालिकासंग जोड्ने यो मुख्य सडक हो । पिखुला खोलापारीको सडक त्यहाँका स्थानिय तहले यस अघि नै मर्मत गरेको भएपनि नगरपालिका क्षेत्रको सडक भने वन्द रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार