काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारी पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का मुरारी कुशवाह र कलैया उपमहानगरपालिका–१६ का छोटेलाल पटेल रहेका छन् । बाराको विश्रामपुर गाउँपालिका–१ स्थित छतवा प्रहरी चौकीबाट खटिएको टोलीलाई पैसाको प्रलोभन देखाउँदै ओसारपसारमा ‘लाइन मिलाइदिन’ भन्ने तीन व्यापारीलाई शनिबार पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए । प्रहरीलाई मासिक रुपमा २६ हजार दिन्छौं भन्दै आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले भने, ‘प्रहरीलाई अपशब्द समेत बोले ।’ पक्राउ परेकामाथि आवश्यक कारबाही तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीसँग ‘लाइन मिलाउन’ गएका तीन व्यापारी पक्राउ
-
मुन्दम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा ‘राष्ट्रिय चित्रकला कार्याशाला’ शरु
-
सिक्रेटारको विकासका लागि नौ बुँदे सर्वदलिय प्रतिवद्धता सार्वजनिक
-
रामप्रसादराई न्यून बेरुजुमा कोशी प्रदेशका गाउँपालिका तर्फ प्रथम, प्रदेशका समग्र पालिकामा दोश्रो
-
पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम शुरुवात
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
-
भारतिय पर्यटक कुटिएको विषयमा वडाध्यक्ष हर्कराज राईले मागे माफी
-
पौवादुङमाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’
-
राज्यमन्त्री राईद्धारा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकीको अनुगमन
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम