
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।
बैठकले प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिइएको छ भने प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश ४ मा किरङ् गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र खगराज भट्टलाई जिम्मेवारी दिएको छ ।