रुकुम । प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव समूहका चार जना कार्यकर्ताले आत्मसर्पण गरेका गरेका छन् । रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन । सो समुह नेतृत्वका भूमे गाउँपालिकाका पूर्व इन्चार्ज तथा हालका कार्यकर्ता रोल्पाको थवाङ गाउँपालिका १ घर भइ भूमे गाउँपालिका २, बस्दै आएका २५ वर्षका बालकुमार बुढा मगर सहित ४ जनाले आत्मसमर्पण गरेका छन् । उनीसँगै भूमे गाउँपालिका ६, महतका ३० वर्षीय बटकुमार बुढा मगर, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल र महतकै २४ वर्षीय महेश सुनारले आत्मसमर्पण गरेका हुन् । उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।
विप्लव समूहका कार्यकर्ताद्धारा आत्मसमर्पण
-
टेम्केमैयुङमा ‘छैटौँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता’ शुरुआत
-
खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोत्रपसँगै स्तरोउन्नती गरिदै
-
भोजपुरमा फागुन ६ र ७ गते वि– डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता हुने
-
भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम शुरु
-
पौवादुङमामा ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत सुत्केरी र गर्भवतीलाई कुखुरा वितरण
-
भोजपुरमा एचपीभी खोप अभियान सुरु
-
दूधकोशी–घोडेटार साढे २२ किमि सडक कालोपत्र शुभारम्भ
-
पौवादुङमाका चार सय बढी विद्यार्थीलाई पोसाक
-
शैक्षिक सुधारको अभियानमा जुटिरहेका ‘कोहम’
-
मुक्कुमलुङ धार्मिक स्थलको विषयमा भोजपुरमा संयुक्त विज्ञप्ती जारी