रुकुम । प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव समूहका चार जना कार्यकर्ताले आत्मसर्पण गरेका गरेका छन् । रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन । सो समुह नेतृत्वका भूमे गाउँपालिकाका पूर्व इन्चार्ज तथा हालका कार्यकर्ता रोल्पाको थवाङ गाउँपालिका १ घर भइ भूमे गाउँपालिका २, बस्दै आएका २५ वर्षका बालकुमार बुढा मगर सहित ४ जनाले आत्मसमर्पण गरेका छन् । उनीसँगै भूमे गाउँपालिका ६, महतका ३० वर्षीय बटकुमार बुढा मगर, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल र महतकै २४ वर्षीय महेश सुनारले आत्मसमर्पण गरेका हुन् । उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।
विप्लव समूहका कार्यकर्ताद्धारा आत्मसमर्पण
-
शैक्षिक सुधारका लागि पौवादुङमामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन
-
सुशासन तथा स्थानीय सेवा समितिको अगुवाईमा रामप्रसादराईमा जनस्तरसम्म कार्यक्रम सञ्चालन गरिँदै
-
पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
-
एमाले सचिव शेरधन राईद्वारा उम्मेदवारी दर्ता
-
परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम
-
दोस्रो सुन्दरहरैँचा उपमेयर कप माघ ६ देखि शुरु
-
भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
-
भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
-
चैत्र २१ देखि २९ गतेसम्म बृहत् भु–बराह क्षेत्रमा श्रीमद् भागवत महापुराण आयोजना
-
पौवादुङमामा ‘पञ्चकन्या स्मृति पार्क’ उद्घाटन : भोजपुरका पाँच क्रान्ति योद्धाको शालिक निर्माण
















