पौवादुङमा गाउँपालिकामा आज सार्वजनिक विदा


भोजपुर, २९ साउन
भोजपुरको पौवादुङमा गाउँपालिकाले वडा अध्यक्षको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ । वडा नं –१ श्यामशिलाका वडा अध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निधन भएपछि गाउँपालिकाले शोकमा सार्वजनिक विदा दिएको हो ।

वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो । गाउँ कार्यपालिकाको २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

आज गाउँपालिका भरिका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयमा विदा दिइएको गाउँपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै गाउँकार्यपालिकाले साउन ३२ गते शनिवार शोकसभा गर्ने समेत निर्णय गरेको अध्यक्ष राईको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार