झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । आज बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ९७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।
झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ
-
भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी
-
कोशी प्रदेश अर्थ समितिको सभापतिमा वान्तावा
-
स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
-
भोजपुरमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
-
अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न