११ वर्षीया बालिका बलात्कारको आरोपमा महानगरका कर्मचारी पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिकाका एक स्थायी कर्मचारी ११ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । अनामनगरबाट उनलाई आइतबार पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार