
भोजपुर, २५ साउन ।
एशियन लाइफ इन्स्योरेन्स उप-शाखा कार्यालय भोजपुरले अभिकर्ता तथा विजिनेस म्यानेजर विडीलाई सम्मान तथा अभिनन्दन गरेको छ । इन्स्योरेन्स आफ्ना कार्यालय मातहतका ५४ जना अभिकर्ता, वि. एम र विडीलाई सम्मान गरेको हो ।
शनिबार भोजपुर सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट कार्य गर्ने अभिकर्ता र विजनेस म्यानेजर तथा विडीलाई छनौट गरि सम्मान गरिएको उपशाखले जनाएको छ । उपशाखा प्रमुख राजन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोराइटी भोजपुरका प्रतिनिधि रमेश शाक्य रहेका थिए ।
कार्यक्रममा १ नम्बर प्रदेशका शाखा प्रमुख सुजन भण्डारी, वैकका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । २०६७ सालमा जिल्लामा स्थापना भएको उपशाखामा ५ हजार विमित छन् भने अभिकर्ता ५ सय रहेका छन् ।