झापामा छोराद्वारा चिर्पट प्रहार गरी बुबाको हत्या


सुरुङ्गा, २४ साउन । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जोशीको भ्रष्टाचार मुद्दाको सुनुवाइ लम्बियो  सर्वोच्च अदालतमा पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ । अदालतले जोशीको भ्रष्टाचार मुद्दाको ४७औं पेसीपछि बिहीबारबाट सुनुवाइ सुरु गरेको हो । सर्वोच्चले यसअघि अख्तियारलाई जोशीको विषयमा निर्णय भएको फाइल झिकाउन आदेश दिएको थियो । सात वर्षदेखि सुनुवाइ नभएको सो मुद्दाको सर्वोच्चको आदेशपछि अख्तियारले फाइल बुझाएपछि जोशीको मुद्दामा बिहीबारबाट सुनुवाइ सुरु भएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सो मुद्दाको सुनुवाइ सुरु गरेको हो । तर, सर्वोच्चले अख्तियारसँग जोशीको अकुत सम्पति छानबिनका लागि भएको निर्णयको अभिलेख फाइल मगाउने आदेश भने बुझाउन सकेको छैन । जोशीको सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्न अख्तियारका तत्कालीन सहन्यायाधीवक्ता प्रेमराज कार्कीलाई तोकिएको थियो । उनलाई तोक्ने भनेर २५ वैशाख २०६० मा गरिएको निर्णय अख्तियारको अभिलेखमा नभेटिएको सचिव न्यौपानेले सर्वोच्चलाई गराएको जानकारीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार