तनहुँको भिमाद बजारका २७१ घर बाढीको उच्च जोखिममा


तनहुँ, २४ साउन । जिल्लाको दक्षिणीपश्चिमी भेगको प्रमुख व्यापारीक नाका मानिने भिमाद नगरपालिका बजारका २ सय ७१ घर धुरी बाढीको उच्च जोखिममा परेका छन् ।

बर्षायाम आउनेको सेतीको बाढीले बर्षेनी कटान गर्ने काम बढेपछि उक्त बजारक्षेत्रका कच्ची, अर्धपक्की र पक्की साना ठुला घरहरु उच्च जोखिममा परेका हुन् ।सेती नदीको कटानका कारण भिमादका सरकारी संरचनाका स्वास्थ्य केन्द्र उच्च जोखिममा परेको भिमाद नगरपालिका वडा नम्बर(६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले वताए । उनी भन्छन्, शहरलाई जोगाउने हो भने ९ करोड भन्दा बढीको रिटनिङवाल वाल लगाउनु अनिवार्य छ ।’वडाअध्यक्ष जोशीले आफ्नो वडा नम्बर(६ बाट गत आर्थिक बर्षमा तटबन्धका लागि ५ लाख रुपैयाँ बरावरको काम गरिएको जानकारी दिए ।

सेती नदीको किनार छेउछाउका स्थानीय बासिन्दाहरु आकाशमा कालो बादल र अविरल वर्षा हुनासाथ नदीले बगाएर लान्छ कि भनेर रातभरि जागा हुनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ ।सरोकारवाला पक्षले ठूलो केन्द्रीय गुरुयोजना ल्याउनु आवस्यक भएकोमा कुनै निकायाले पनि चासो नदेखाएको आफनो घर कतिखेर सेती नदीले बगाउने हो भन्दै स्थानीय वासीहरले चिन्ता व्यक्त गरे।पाल्पा, स्याङ्जा र नवलपुरको मुख्य ब्यापारीक नाकाका रुपमा भिमाद बजारलाई चिनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार