मुल्य घटेपछि यार्सा बिक्री हुन छाड्यो


बझाङ, २४ साउन । यार्साको मुल्य घट्ने हल्लाका कारण यहाँका स्थानीय बासिन्दाले संकलन गरेको यार्सा बिकेको छैन । गत वर्षको तुलनामा यस वर्ष यार्शा मुल्यमा निकै कमी आएपछि यार्सा संकलकहरुले यार्सा बिक्री गर्न आनाकाना गर्ने गरेका छन् ।

गत वर्ष विक्री गरेको यार्साको मुल्य हालसम्म पनि नपाएका बझाङका संकलकहरु यार्चाको मुल्य घटेको खबरले झन चिन्तामा परेका छन् । ठुला व्यापारीहरुले गत वर्ष भन्दा प्रतिकिलो १० लाख मुल्य घटाएर यार्शाको दररेट कायम गर्ने हल्लापछि संकलकहरु चिन्तामा परेका हुन् ।गत वर्ष प्रतिकिलो १७ लाख २० हजारमा जिल्लामा बिक्री भएको यार्शाको मुल्य यो वर्ष प्रतिकिलो सात लाख मात्र कायम गरेका कारण धेरै जसो संकलकहरुले यार्चा बिक्री गर्न मानेका छैनन् । अप्रत्यासित ढंगले मुल्यमा आएको गिरावटले तीन महिनासम्म विभिन्न जोखिम मोल्दै उच्च हिमाली क्षेत्रमा गएर यार्चा संकलन गरेका संकलकहरुलाई झस्काएको छ ।

‘गत बर्ष यो समयसम्म यार्सा लिनका लागि जिल्ला पुगी सक्थे’, स्थानीय बासिन्दा तथा यार्सा संकलक सुर्मा गाँउपालिकाका प्रेम बहादुर बोहराले भने यस बर्ष भने यार्शा लिनका लागी ब्यापारीहरु नै आएका छैनन् । गत बर्षको यार्साको मुल्य समेत धेरै जस्तो यार्सा संकलकहरुले लिन बाँकी नै छ । यार्साको मुल्य घटेपछि अहिलेसम्म यार्सा विकेको छैन बोहराले भने धेरै जस्तो यार्सा संकलकहरुले त झन यार्सा बिक्री गर्न नै मानेका छैनन् ।’ यस्तै सुर्मा गाँउपालिका दौलिचौरका गोरख बहादुर बोहराले गत बर्ष संकलन गरी बिक्री गरेको आफुले ३ किलो यार्साको मुल्य अहिलेसम्म पनि नपाएको बताए । उनले भने, ‘धेरै जस्ताको गत बर्षको यार्साको मुल्य नै आएका छैनन् । यस बर्षको यार्सा विक्री कहिले हुने होल अन्यौलमा नै छौँ ।’

गत बर्षको यार्सा बिक्री गर्दा ठुला ठेकदारहरुले यहाँबाट १७ लाख २० हजार प्रति किलो यार्सा खरिद गरि लिए पनि उता गएर यार्साको प्रति किलो १२।१३ लाख मात्रै पाउने भए पछि उक्त यार्सा समेत विक्री नभएको भन्ने खबर आफुले पाएको बताए । जसका कारण यार्सा संकलकहरुले अहिले सम्म पनि गत बर्षकै यार्साको मुल्य पाउन सकि रहेका छैनन् । अहिले यार्सा खरिद गर्ने ठेगदारहरु नआउनुको एक कारण पनि गत बर्षको यार्साको मुल्य दिन नसक्नु रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार