भोजपुरमा नयाँ विमानको सफल परिक्षण उडान (यस्तो छ, उडान तालिका)


भोजपुर, २२ साउन ।
भोजपुरको टक्सार बिमानस्थलमा नेपाल एयर लाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ । नेपाल एयर लाईन्सको नयाँ बिमान (वाई वाह्र)ले आज परीक्षण उडान भरेको हो ।

नयाँ जहाजको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ । अबका दिनमा जहाजले आवश्यकता अनुसार उडान भर्ने नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिनु भयो । पाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगम भोजपुरले जनाएको छ ।

नयाँ जहाजको १७ जनाको सिट क्षमता रहेको निगमको भनाई छ । अहिले नेपाल वायुसेवा निगमको ट्वीन्अटर जहाजले भोजपुर – काठमाडौं बुधबार बाहेक हप्तामा ६ दिन र भोजपुर विराटनगर हप्तामा दुई दिन आइतबार र विहिबार उडान भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार