
भोजपुर, २० साउन ।
भोजपुरको हतुवागढी –८ पात्लेपानीको मालबासेमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएृको छ । सोमवार विहान स्थानिय इश्वर बहादुर तामाङको घरमा आगलागी हुँदा ५ लाख २१ हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट तामाङको दुई तले घरमा रहेको, नगद ४० हजार , अन्नपात, लत्ताकपडा, भाडावर्तन, खाद्यन्न, काठपात लगाएत सम्पूर्ण सामग्री जलेर नश्ट भएको प्रहरीको भनाई छ। आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण लिइएको थियो ।आगलागीबाट कुनैपनि मानविय क्षति नभएको प्रहरीको भनाई छ । भान्साको चुलो माथी सुकाएको दाउराबाट आगो सल्किएको प्रहरीको भनाई छ । राजुले जिते ३२ हजारको ‘एलसीडी‘ भोजपुरको षडानन्द नगरपालिका –१० साम्पाङका राजु लामा तामाङले ३२ हजारको एलसीडी जितेका छन् ।
तामाङले रेडबुल खादा पुरस्कार स्वरुप ८० सेन्टिमिरको एलसीडी जितेका हुन् ।करिव ५ महिना अगाडी उनले रेडबुल खादा पुरस्कार जितेका थिए, तर आवश्यक प्रक्रिया पुरा गरि तामाङलाई सोमवार एक कार्यक्रम गरि कम्पनीले एलसीडी हस्तान्तरण गरेको हो ।