तुलसीपुर, २० साउन । पूर्वी रुकुममा पहिरोमा पुरीएर एक वृद्ध महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा भूमे गाउँपालिका –६ निबासी ७५ बर्षीया दलसरी सुनार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
सोही वडाको महत र थबाङ जोड्ने सहीद मार्गमा सडक पार गर्नेक्रममा माथिबाट आएको पहिरोमा पुरीएर गम्भिर घाइते सुनारको उपचारका लागि रुकुमकोट लग्दै गर्दा गएराति मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए ।
त्यसैगरी पश्चिम रुकुमको गोतमकोटमा भेरीनदिमा आएको बाढीले तीन घर बगाएको छ । जोखिममा रहेका ती घरबाटबाट पहिल्यनै मान्छे र लत्ताकपडा, भाँडावर्तन सारेकाले मानविय क्षेति भने नभएको त्यहाँको प्रहरीले बताएको छ ।